सन्दर्भ : ४०औँ वीपी स्मृति दिवस

सुन्दरीजल बन्दीगृह जहाँ वीपीले बिताएका थिए ९ वर्ष (तस्बिरहरू)

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिएका थिए । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । पछि तत्कालीन राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरी सुन्दरीजलस्थित बन्दीगृहमा ल्याएर बन्दी बनाए ।

तत्कालीन कांग्रेसको बहुमतको सरकार अपदस्त भयो । राजा महेन्द्रले देशमा निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । वीपीसँगै सुन्दरीजल बन्दीगृहमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनलाई पनि बन्दी बनाइ राखियो ।

वीपीले आफ्नो साहित्यिक कृतिहरूमा ‘दोषी चस्मा’ बाहेक सबै यही बन्दीगृहमा हुँदा लेखेका थिए । आफ्नो जीवनको ९ वर्ष यहाँ बिताएका वीपीपछि भारतमा निर्वासित भए ।

अहिले यो बन्दीगृहलाई वीपी संग्राहलय बनाइएको छ । जहाँ बन्दी हुँदा वीपीले प्रयोग गरेका सामान, नेपाली कांग्रेसले २०३० सालमा अपहरण गरेको विमान, काङ्ग्रेसले सशस्त्र संघर्ष गर्दा प्रयोग गरेको ट्यान्क र हतियार अनि वीपीले चढ्ने निजी मोटरलगायतका ऐतिहासिक सामाग्री राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *