प्रदेश १ काे नाम लिम्बुवान किरात राख्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरसहित)

काठमाडाैँ । लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन भएकाे छ ।

प्रदेश नम्बर १ को नाम लिम्बुवान किरात प्रदेश राख्न माग गर्दै बिहीवार मण्डलमा लिम्बुवान किरात संयुक्त संघर्ष समिति र याक्थुङ लेखक संघले प्रदर्शन गरेकाे हाे ।

उनीहरूले पहिचानकाे आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै प्रदेश १ काे विराटनगरमा भएको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै संघीय राजधानीमा प्रदर्शन गरेका हुन् ।

विराटनगरमा बिहीवार पनि प्रदेशकाे नाम लिम्बुवान किरात राख्न माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन भएकाे छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =