पिएसजी विजयी

काठमाडौँ  । प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २-१ को जित निकाल्यो ।

उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र अर्नाउ कालीमुइन्डो मुइंगाले समान एक गोल गरे । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए । प्रि-सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २-० को जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *