प्रदर्शनको अन्तिम तयारीमा चलचित्र ‘मर्स्याङ्दी’ 

काठमाडौं । चलचित्र मर्स्याङ्दी प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ । सामाजिक कथावस्तुमा आधारित चलचित्र  पेपरक्लिप प्रडक्सनले निर्माण गरेको हो ।

शिव श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई साउन १४ गते लमजुङको बेसीशहरमा च्यारिटीका लागि प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ ।

चलचित्रमा रश्मी भट्ट, सागर घिमिरे, सुमन भण्डारी, गरिमा पेला लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र, स्थानीय मौलिक कथामा आधारित रहेको निर्माण पक्षले बताएकाे छ  ।

चलचित्रको ‘च्यारिटी शो’बाट संकलित रकमको  ३० प्रतिशत बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था ‘अर्फंन किड्स’लाई प्रदान गरिने पनि प्रदर्शन पक्षले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *