आफैलाई लज्जित बनाउने पल शाहको स्ट्याटस

काठमाडौं । बुधवार वेस्ट इन्डिजको ए क्रिकेट टिम नेपाल भ्रमणमा आयो । नेपालसँगको पाँच खेलको टी–२० सिरिज खेल्न नेपाल आएको टिमलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

विमानस्थलमा खेलाडीका लागि एउटा र उनीहरूको सर–समानका लागि अर्को गाडी तयार पारिएको थियो ।

खेलाडीका लागि एसी बस र उनीहरूको किट ब्यागका लागि पिकअप गाडी तयार थियो । उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । खेल प्रेमीहरूले खेलाडीको सम्मान नभएको भन्दै क्यानको आलोचना गरिरहेका छन् ।

तर, क्यानका एक पदाधिकारीले भने यस्तो प्रक्रिया सामान्य रहेको बताएका छन् । यद्यपि क्यानको आलोचना भने रोकिएको छैन । अझै, यस विषयले बहसको स्थान समेत पाएको छ ।

कलाकारदेखि सामाजिक अभियन्ता र नेताहरूले समेत यस विषयमा पक्ष र विपक्षमा धारणा दिइरहेका छन् । खेलाडीको सम्मान नभएको भन्दै आलोचना र बहसको विषय सतहमा आएका बेला कलाकार पल शाहको धारणाले भने फेरी चर्चा पाएको छ । खेलाडीको किट ब्यागका लागि पिकअप गाडी प्रयोग गरिएको भन्दा पनि पलको फेसबुक स्ट्याटसले चर्चा पाएको छ ।

पलले फेसवकुमा खेलेका छन्– ‘टेस्ट क्रिकेट खेल्ने राष्ट्र वेस्ट इन्डिजलाई नेपालले गरेको स्वागत देख्दा हामी लज्जित छौँ ।’

उनको यो पोष्टमा उनैलाई लज्जित बनाउने खालका कमेन्टका बर्षात् भइरहेका छन् । यति मात्रै होइन, उनलाई विभिन्न व्यक्तिहरूले नबालिका बलात्कार अभियोगमा जेलमा बसेको समेत स्मरण गराइरहेका छन् ।

उनले साझा गरेको पोष्ट स्वागत गरिएको तस्बिर थिएन, किट ब्याग गाडीसम्म लिएर जाँदाको तस्बिर फेसबुकमा राख्दै उनले आफू लज्जित भएको लेखेका छन् ।

स्मरण रहोस्, पल शाह जो आफै १५ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा जेल बसेका अभियुक्त हुन् ।

पलले जिल्ला अदालतबाटसफाइ पाए पनि उनको मुद्दा सर्वोच्च अदालतले ब्युँताइसकेको छ ।

प्रतिक्रिया

One thought on “आफैलाई लज्जित बनाउने पल शाहको स्ट्याटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *