कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’ : ‘माइण्ड ब्लोइङ’

काठमाडौँ । शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शो कार्यक्रमपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै कलाकारहरूले चलचित्रले सामाजिक कथावस्तु बोकेको र बोक्सी प्रथालाई अन्त्य गर्न सन्देश दिएको बताए ।

उनीहरुले यस किसिमका चलचित्रहरू सबैले हेर्नुपर्ने बताए । कार्यक्रमपछि बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘माइण्ड ब्लोइङ’ रहेको प्रतिक्रिया दिए । उनले चलचित्र चुनौतीपूर्ण विषयमा बनेको बताए ।

उनले आजको दिनमा यस विषयमा चलचित्र निर्माण गर्नु नै चुनौतीको विषय भएको बताए । त्यस्तै अभिनेता शोभित बस्नेतले बोक्सीको घटना आफूले नदेखेको र विश्वास पनि नरहेको बताए । उनले महिलालाई बोक्सीको आरोपमा पीडित बनाएको कथावस्तुहरू फिल्ममा उतारिएको बताए ।

त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले बोक्सीको घर चलचित्रको विषय चलचित्रकर्मीहरूले उठाउनुपर्ने विषय भएको बताए । उनले विकृति, विसङ्गतिलाई चिर्नुपर्ने ऐनाको पर्यायको रुपमा बोक्सीको घर निर्माण भएको बताए । त्यस्तै अभिनेत्री निशा अधिकारीले चलचित्र सबै किसिमबाट उत्कृष्ट रहेको बताइन् । उनले चलचित्र बन्नु नै पर्ने रहेको बताइन् ।

त्यस्तै अभिनेत्री बेनिसा हमालले चलचित्रले कुप्रथा र अन्धविश्वासलाई मान्न नहुने सन्देश दिएको बताइन् । उनले अहिले पनि समाजमा धेरै महिलाहरू यस प्रकारको कुप्रथाबाट पीडित रहेको बताइन् । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र उत्कृष्ट रहेको र समाजको कथा बोकेको बताइन् ।

उनले महिलालाई बोक्सी भनिन्छ भनेर पुरुषलाई भन्नुपर्छ भन्नेतिर नभई कसैलाई पनि यसबाट पीडित बनाउनेतिर लाग्नु नहुने बताइन् । अभिनेत्री केकी अधिकारीले चलचित्रमा सामाजिक यथार्थवादी चित्रण गरिएको बताइन् । उनले एउटा व्यक्तिको जीवन यात्राको कथा चलचित्रमा समेटिएको बताइन् । समाजका कुरितिका कारण उज्वल भविष्य बनाउनसक्ने व्यक्तिको जीवन सकिन्छ भन्नेकुरा चलचित्रमा देखाइएको बताइन् ।

अभिनेता सलोन बस्नेतले सुनेका कुराहरू सिनेमामा देखाउन खोजेको कुराले मन छोएको र समुदायको घटनालाई आवाज उठाएकोमा खुसी लागेको बताए ।

चलचित्र बोक्सीको घर शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले फिल्ममा देखाइएको छ ।

चलचित्रका लेखक एवं निर्देशक सुलक्षण भारती हुन् । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, स्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोला, सुपला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *