मनसरामा मेरो भूमिकामा अरु कसैले अभिनय गरेको हेर्न मन थियो : दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भुमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन् ।

सोमवार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चलचित्रमा आफूले खेलेको कलाकारको भुमिका अर्को कोहीबाट हेर्ने इच्छा भएपनि आफूले नै निभाउनुपरेको र कस्तो न्याय गरेको छु भन्ने बारेमा पनि चलचित्र हेरेपछि दर्शकले न्याय गर्ने बताए ।

उनले चलचित्रको आफ्नो पात्र डाहलाग्दो रहेको बताए । त्यस्तै लेखक उपेन्द्र सुब्बाले मनसरा धानको एउटा प्रजाति भएको र त्यसलाई मानिसको रुपमा प्रतिविम्वित गरेर चलचित्र देखाउन लागेको बताए । उनले मनसरा मेहनतसहित धेरै काम गरेर पचाउनसक्ने व्यक्तिहरूले मात्रै खाने गरेको बताए ।

सहरमा बस्नेहरूले मनसराको खाना पचाउन नसक्ने बताए । त्यस्तै मनसरा अडिलो धान भएकाले मेहनतीहरूले धेरै रुचाउने बताए । मनसरा मात्रैको बियाड नफल्ने भएकाले अरूसँग मिसाएर रोपिने गरेको बताए । नेपाली समाज मिश्रित समाज भएकाले सबै सहयोगी र मिलेर बसेको रुपमा मनसरालाई चलचित्रमा उतारिएको बताए ।

त्यस्तै अभिनेत्री मिरुना मगरले अझै राम्रो काम गर्न आफैँले आफैँलाई प्रेसर दिएर अभिनय गरेको बताइन् । उनले मनसरामा आफूले गरेको पात्र भेटिराखेको र देखिराखेको पात्र रहेको बताइन् । मनसरामा काम गर्दा एकल महिलाको दुःखहरू आफूले बुझ्ने अवसर पाएको बताइन् ।

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’ मा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लिम्बू र व्राम्हण समुदायका पात्रहरूबीचको विवाहेत्तर सम्बन्ध देखाइएको छ । शैलेन्द्र कार्कीले खिचेको यो फिल्म वैशाख २१ मा प्रदर्शनमा आउँदैछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बू र सुशान्त गौतमको संगीत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *