पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त
२०७९ साउन ४ गते

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि उनी क्यानडाकाे मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ । क्यानडा उनकाे आफ्नै राष्ट्र हाे ।
क्रिकेट क्यानडाले आधिकारिक फेसबूकमार्फत् पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई दिएको छ ।
उनले यसअघि सन् २०११ देखि २०१५ सम्म पहिला पटक नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । उनले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।
२०७९ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








