श्रीलंकामा प्रधानमन्त्री नै चुनिए नयाँ राष्ट्रपति
२०७९ साउन ४ गते

कोलम्बो । बुधवार श्रीलंकाको संसद्मा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधवार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् । उनका प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन् ।
देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गरिएको हो ।
राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।
२०७९ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








