गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि कालो ब्यानर

काठमाडौँ । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको वित्त तथा योजना आयोगको सदस्यको भएको दाबी गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

ब्यानर टाँसेको केही बेरमै प्रहरीले हटाएको थियो । आज सांकेतिक आन्दोलन भएको र अझै पनि राजिनामा नदिएमा आन्दोलनले वृहत रुप लिन सक्ने विद्यार्थी नेताहरुको भनाई छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियूले विज्ञप्तिमार्फत मंगलबार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =