हुन्डाईले सुरु गर्यो वर्ल्डकप–२०२२ लक्षित ‘टेस्ट–ड्राइभ क्याम्पेन’

काठमाडौँ । फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।

श्रावन ३ गतेबाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्रमार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ । प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पन्सरसीपमा कतार जान पाउनेछन् ।

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ। अफर मार्फत कम्पनीले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ । साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्न पनि यो अफर ल्याईएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको जनाएके छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *