श्रीलंकाका पूर्वराष्ट्रपतिलाई देश निकाला गर्दै सिंगापुर

काठमाडौँ । सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई देश छाेडेर निस्किन आदेश दिएकाे छ ।

सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उनलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो ।

आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेको सपरिवार नै देशबाट भागेका थिए ।

गत बिहिबार सिंगापुर पुगेर पदबाट राजीनामा दिएका पूर्वराष्ट्रपति राजपाक्षे अब कता जान्छन् भन्नेबारे जिज्ञासा बढेको छ । उनीविरुद्ध सिंगापुरमा थुप्रै मुद्दा चलाउन सकिने आधार रहेकाले पूर्वराष्ट्रपति राजपाक्षे अरू कुनै सुरक्षित देशमा जान सक्ने अनुमान गरिएको छ ।

यता श्रीलंकामा बुधबार नयाँ राष्ट्रपति चयन गरिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =