योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वास्थ्य समितिबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले विधेयकमाथि दफावार छलफल गर्दै पारित गरेको हो ।

बैठकमा सांसदहरूले विश्वविद्यालयको प्रकृति, सङ्गठनात्मक संरचना, लगानी लगायतका विषयमा प्रस्ट हुनुपर्नेमा जोड दिएका थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विधेयकमाथि आएका सुझावहरूलाई सम्बोधन गर्ने प्रयास गर्ने बताएका थिए ।

उनले विधेयकलाई अन्तिम रूप दिएर चालू अधिवेशनबाट नै पारित गर्ने बताए ।

आयुर्वेद शिक्षालाई राष्ट्रिय पहिचान र आवश्यकताअनुरूप विकास गरी आयुर्वेद शिक्षासम्बन्धी शिक्षालाई व्यवस्थित गर्न सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *