बेल्जियमको जित, फ्रान्स रोकियो

काठमाडाैँ । महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल खाँदै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

यही समूहको अर्काे खेलमा बेल्जियमले इटालीलाई १-० ले पराजित गरेपछि आइसल्यान्डलाई पछि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

समूह ‘डी’ को समूह चरणको अन्तिम दुई खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्स तथा बेल्जियमले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्काे क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्पेन तथा जर्मनी र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *