उपचार नपाएर कसैको पनि ज्यान जाने अवस्था आउन दिन्नाैँ : स्वास्थ्यमन्त्री (भिडिओसहित)
२०७९ असार ३२ गते

काठमाडौँ । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले नेपालमा उपचार नपाएर कसैको पनि ज्यान जाने अवस्था आउन नदिने दाबी गरेका छन् ।
शनिवार काठमाडौँमा सिद्धिश्वरमान अक्षय लोक साहित्यिक केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधारमा विकास हुँदै गएको भन्दै उपचार नपाएर ज्यान जाने अवस्था आउन नदिने बताएका हुन् ।
उनले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सबै प्रकारको तयारीमा सरकार जुटेको बताए । भारतमा समेत कोरोना संक्रमितको संख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परीक्षणलाई प्रभावकारी बनाइने उनले बताए । उनले यसअघि कोरोना महामारीमा औषधी, अस्पताल र अक्सिजन भएको भए पनि अब त्यस्तो नहुने धारणा राखे ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
२०७९ असार ३२ गते
प्रतिक्रिया
सम्बन्धित








