‘साताका सात’ तस्बिर

हरिया फाँट
रोपाइँको केही महिनापछि धान खेतले हरिया भएको काठ क्षेत्रको फाट

सुपरम्यान
हालै काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदाममा आगलागी हुँदा निभाउन पुगेका प्रहरीहरू । सुपरम्यानको डमी सँगै रहेका उनीहरू त्यसदिनका वास्तविक सुपरम्यान रहे ।

लक्ष्मीप्रसादको विरासत
डिल्लीबजारमा निर्माणाधीन ‘कवि कुञ्ज’ भवन, महाकवि देवकोटाको पुरानो घरलाई हालै सरकारले भत्काएर नयाँ भवन बनाउन लागेको छ ।! निर्माणको अन्तिम चरणमा रहेको यो भवनलाई ‘कवि कुञ्ज’ बनाउने सरकाले घोषणा गरेको छ ।

आराम
गर्मी याममा रुखको छहारीमुनि रहेको बेन्चमा मस्त निदाउँदै एक स्थानीय ।

अटेर कि बाध्यता
चक्रपथको एकान्तकुना सडक खण्डमा असुरक्षित तवरले सडक पार गर्दै पैदल यात्रीहरू ।

गुरुकुल जीवन
काठमाडौँको एक गुरुकुलका छात्राहरू भोजनको समयमा आफ्नो भोजन गृहतर्फ जाँदै र

पानीबाट सुरक्षा
मनसुनको समयमा आकाशबाट पर्ने पानीदेखि जोगाउन प्लास्टिकले छोपेका डमीहरू । तयारी कपडा पसलहरूमा सजावटको लागी यस्ता डमीहरू राख्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *