म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रि-सिजन टूर अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार युनाइटेडले अस्ट्रेलियाको मेलबर्न भिक्टोरीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा स्कट म्याकटोमिनी, एन्थोनी मार्सियल र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल मेलबर्नका एडमण्ड लुपान्कुले गरेका थिए । त्यस्तै मेलवर्नका लागि एक गोल क्रिस इक्नोमिडिसले गरेका थिए ।

प्रि-सिजन टूरमा युनाइटेडको यो लगातार दोस्रो जित हो । यसअघि बैंककमा आयोजित खेलमा युनाइटेडले लिभरपुललाई पराजित गरेको थियो । प्रि-सिजन टूर अन्तर्गत युनाइटेडले अब अर्को खेल क्रिस्टल प्यालेससँग आगामी बुधबार खेल्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *