करारका कर्मचारी हटाएपछि दैलेखमा गोली चल्यो

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारी हटाएको विषयलाई लिएर प्रदर्शन हुँदा गोली चलेको छ । शुक्रबार करार कर्मचारी हटाएको विषय लिएर करार कर्मचारीहरूले गाउँपालिकाको कार्यालय नजिकै प्रदर्शन गर्दा आन्दोलन उग्र भएपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाउन बाध्य दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले गोली चल्दा तीन जना घाइते भएका जानकारी दिएका छन् ।
घाइतेमध्ये वडा नम्बर १ का कार्यालय सहायक बखत खत्री घाइते भएका छन् । अन्यको पहिचान भने खुलेको छैन । घाइतेहरूलाई थप उपचारको लागि सुर्खेत पठाइएको छ । माया नर्सिङमा समान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल लगिएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *