स्माटच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडाैँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडवीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *