भोलि नाटक ‘एक सिक्का’

काठमाडाैँ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीले भोलि नाटक ‘एक सिक्का’ प्रदर्शन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसपालिको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको हाे ।

जसको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह-निर्देशन भरत लिम्बुले गरेका छन् । सो नाटक नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलि (शनिबार) दिउँसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका बारेमा जानकारी गराएका थिए । साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुती पनि रहेको थियो ।

नाटकको बारेमा
नाटक एक सिक्का लोक कथामा आधारित नाटक हो । एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नु परेको पानीको अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताहरुले भोग्नु परेको तितो यथार्थलाई यस नाटकमा केन्द्र बनाइएको छ ।

बेलका भन्ने राज्यको जलपुरा भन्ने गाउँका प्रजाहरु खडेरीका कारण अन्न अभाव र पानी अभावले भोक र तिर्खाले प्रजाहरु ब्याकुल भएको खबरले खडेरी परेको जलपुरा भन्ने ठाउँमा त्यहाँका राजा सत्यासेन स्वयं स्थलगत भ्रमणमा जान्छन् र विज्ञहरुको परामर्श पश्चात् पानी ओसार्ने युवाहरु राज्यका तर्फबाट नियुक्ति गर्ने आदेश दिन्छन् ।

पानी भर्ने छनौट प्रक्रियामा धेरै प्रजाहरु सहभागी हुन्छन् र केही युवा छनौट हुन्छन् । छनौट हुनेमा त्यहाँको युवा हर्कमान पनि पर्छन् । घर घरमा पानी पुर्याउने काम पाएका युवाहरु गाउँ भरिका मान्छेहरुलाई निकै परको नदीबाट पानी बोकेर घर घरमा पुर्याउने काम गर्न थाल्छन् । हर्कमान पानी पुर्याउने क्रममा गाउँको मुखियाको घरमा पुग्छन् र मुखियाको राम्री छोरी रूपवतीसँग नजर सँगै मन साट्छिन ।

रूपवतीसँग हर्कमानको टुसायेको प्रेम झान्ङ्गिन नपाई गाउँमा बिसादि हावाको रुपमा फैलन्छ । मुखियाको इशारामा हर्कामानलाई मरणासन्न पारेर उनका केटाहरूले नदी किनारमा फालिदिन्छन् ।प्रेम पी

डामा बद्लियेको हर्कामानको जीवन सबैतिरबाट अन्धकारमय हुन्छ तर एकदिन अचानक हर्कमान बाटोमा एकसिक्का भेट्छ र सिक्का पुरानो दरबारको एउटा किल्लामा लुकाएर घर फर्कन्छ त्यही एकसिक्का त्यो सिक्काको महत्व थाहा पाउँछ र सिक्कालिन राज्यले निषेध आज्ञा लगाएको बेला राजाले चर्को घाममा कुदिरहेको हर्कमानलाई देख्छ । सैनिकलाई पठाएर दरबारमा बोलाउन पठाउँछ। राजाले यस्तो घाममा किन हिँडेको भन्छ ।

हर्कमान सिक्का भन्न आनाकानी गर्छ राजाले कुरो खुस्काई छाड्छ । राजाले त्यो सिक्का भुल बरु राज्यको मोहर लिएर जाउ भन्छ । हर्कमान त्यही सिक्काको जिद गर्छ । राजाको घमण्ड र हर्कमानको जिद्दी आखिर राजाले आधा राज्य दिन्छ भनी हर्कमानको जिदलाई जिति छाड्छ । एक सिक्काको कारण हर्कामान नयाँ मुलुकको नयाँ राजा घोषणा हुन्छ । नाटक एक सिक्काले हर्कमानको जीवनमा बदलियेको भाग्यको कथा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *