हलधर नागले भने- मेराेबारे सामाजिक सञ्जालमा भाइरल गराइएका पाेष्ट पूर्णत: झुटाे

एजेन्सी । कोसली भाषाका चर्चित कवि हलधर नागले आफ्नाे बारेमा सामाजिक सञ्जालहरूमा गलत पाेष्ट भइरहेकाे बताएका छन् । भारतीय सञ्चारमाध्यम जागरणकाअनुसार नागले आफ्नाे बारेमा सामाजिक सञ्जालहरूमा पाेष्ट गरिएका विवरणहरू पूर्णत: झुटाे रहेकाे बताएका हुन् । ‘मेराे बारेमा पूर्णत: झुटाे र मनगढन्ते पाेष्टहरू गरिएकाे छ । याे दुखद् हाे,’ उनले भनेका छन् ।

सामाजिक सञ्जालहरूमा गरिएका पाेष्टहरूअनुसार नागसँग सरकाले दिने भनेकाे पद्मश्री पुरस्कार ग्रहण गर्न दिल्ली जाने पैसासमेत थिएन र उनले पुरस्कार हुलाकबाट पठाउन आग्रह गर्दै चिठी लेखेका थिए । तर याे विवरण पूर्ण झुटाे भएकाे उनले स्मरण गराएका छन् ।

त्यसाे त हलधरले सन् २०१६ मै पद्मश्री पुरस्कार ग्रहण गरेका हुन् । त्यसबखत उनले आफैँले पुरस्कार ग्रहण गरेका थिए । तर, भाइरल गराइएका पाेष्टहरूमा भनेझैँ न उनले चिठी लेखेका थिए, न त हुलाकबाट नै पुरस्कार पठाउन आग्रह गरेका थिए । त्यसबखत उनलाई कारमा रायपुरसम्म लगिएकाे थियाे र त्यहाँबाट विमानबाट दिल्ली लगिएपछि होटलमा राखिएको थियो ।

त्यसक्रममा उनलाई ओडिशा क्याडरका वरिष्ठ आईएएस अधिकारी उषा पाधी र दिल्लीमा अरविन्द पाधीले पनि सहयोग गरेका थिए ।

||सन् २०१६ मा भारतका तत्कालीन राष्ट्रपति प्रणब मुखर्जीबाट पद्मश्री पुस्कार ग्रहण गर्दै लाेककवि हलधर नाग। तस्बिर : जागरण||

भाइरल गराइएका पाेष्टहरूप्रति खेद प्रकट गर्दै उनले भनेका छन्— ‘कहिले पानी र भात खाएको देखाएर त कहिले चना बेचेकाे देखाएर बदनाम गरिन्छ । यस्ता पाेष्ट गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।’

कक्षा ३ सम्म औपचारिक शिक्षा हासिल गरेका उनले २० महाकाव्य लेखेका छन् । उनको कविता भारतका थुप्रै विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएका छन् । उनले संस्कृति, प्रकृति, धर्म, समाजलगायतमाथि कविता तथा साहित्य सिर्जना गर्दै आएका छन् । भारतका एक विश्वविद्यालयका ५ विद्यार्थीहरूले हलधरकाे काम र जीवनीमा पिएचडी गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *