यस्तो छ म्यानचेस्टर युनाईटेडको नयाँ जर्सी

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले नयाँ सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । युनाईटेडले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

युनाईटेडले नयाँ जर्सी ट्रेडमार्क रातो रंग प्रयोग गर्दै आकर्षक बनाएको छ । अघिल्लो सिजनको भन्दा केही फरक डिजाइन गरिएको छ ।

युनाईटेडको नयाँ जर्सी एडिडास कम्पनीले बनाएको हो । युनाईटेडले नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *