सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

काठमाडाैँ । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार दुई सय ५० रूपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्नेछ । उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भए पनि चस्माबिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीलाई सहज रूपले अध्ययन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिँदै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *