‘गुरु तिमी हाम्रा मार्गदर्शक’ गीत सार्वजनिक

काठमाडौँ । अँध्यारोबाट उज्यालोतर्फ डो-याउने जीवनका मार्गदर्शक गुरुहरूमा समर्पित गीत ‘गुरु तिमी हाम्रा मार्गदर्शक…’ सार्वजनिक भएको छ । गुरुपूर्णिमाका अवसरमा आज आदर्श जनप्रेमी स्कुलले उक्त गीत सार्वजनिक गरेको हो ।

गीतमा सञ्जय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भूपेन्द्र रायमाझीको सङ्गीत र विक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ । आदर्श जनप्रेमीका प्रधानाध्यापक निलेश आचार्यले जीवनका मार्गदर्शक सम्पूर्ण गुरुको सम्मानमा गीत निर्माण गरिएको र गीत सन्देशमूलक भएको बताए ।

गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनोपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणालीतर्फउन्मुख हुन पनि उत्प्रेरित गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *