म एम अधिकारी हाेइन : गभर्नर महाप्रसाद 

काठमाडाैँ । गभर्नर महाप्रसाद अधिकारीले एमालेको अर्थ तथा योजना समितिमा रहेकाे एम अधिकारी आफू नभएकाे जिकिर गरेका छन् । ‘मेरो नाम कुनै एउटा पार्टीसँग जोडिएर आएको भन्ने कुरामा कुनै सत्यता छैन, म यही जानकारी दिन्छु । म एम अधिकारी हाेइन,’ उनले भनेका छन् ।

उनले त्यसअघि भनेका छन्— ‘म कुनै पार्टीसँग जोडिएको पनि छैन । म कहाँबाट एमालेमा हुनु ।’

उनले आफू राजनीतिबाट निरपेक्ष व्यक्तिरहेकाे पनि प्रष्टाेक्ति दिएका छन् । उनले भनेका छन्, ‘म गभर्नर हुँ । कुनै पनि पार्टीकाे सदस्य हाेइन । म कुनै पनि पार्टीकाे कुनै पनि तहकाे समितिहरूकाे सदस्य छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *