लिभरपुलमाथि म्यानचेस्टर युनाइटेडको फराकिलो जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले आफ्नो प्रि-सिजन टूरको शानदार शुरुवात गरेको छ । थाइल्याण्डको बैंककस्थित राजामंगला स्टेडियममा मंगलबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नो प्रिमियर लिग प्रतिद्वन्दी लिभरपुललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलीस्ट्रीले एक एक गोल गरेका थिए । युनाइटेडले पहिलो हाफमा १२औं, ३०औं र ३३औं मिनेटमा गोल गर्दै तीन गोल गरेको थियो भने एक गोल खेलको ७६औं मिनेटमा गरेको थियो ।

प्रि-सिजन टूरमा युनाइटेडका क्रिस्टियानो रोनाल्डो सहभागी छैनन् । उनले क्लब छोड्ने बताइएपनि नयाँ क्लब बारे अझै स्पष्ट भइसकेको छैन । यता युनाइटेडले भने रोनाल्डो बिक्रिमा नभएको र पारिवारिक कारणले मात्र प्रि-सिजन टूरमा सामेल नभएको बताउदै आएको छ ।

थाइल्याण्डपछि म्यानचेस्टर युनाइटेडले अस्ट्रेलिया भ्रमण गर्दै छ । अस्ट्रेलियामा जुलाई १५ मा युनाइटेडले मेलवर्न भिक्ट्री क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसैगरी लिभरपुलले भने सिंगापुरमा प्रिमियर लिग क्लब क्रिस्टल प्यालेससँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *