एमालेद्वारा लेखा समिति बैठक बहिष्कार, सभापति फेरिए मात्रै बैठकमा भाग लिने अडान

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा माग्दै समिति बैठक बहिष्कार गरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा एमाले सांसदहरू विशाल भट्टराई, गोकुल बास्कोटा लगायतले लेखा समितिको नेतृत्वमा विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको बताउँदै सरकारमा गएकाे १ वर्षसम्म पनि सरकार पक्षले समिति सभापति नछाेडेकाे भन्दै समिति बैठक बहिष्कार गरे ।

मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेकाेमा एमाले सांसदहरूले समिति बैठक बहिष्कार गरेका हुन् ।

समिति बैठकमा एमाले सचेतक तथा सांसद विशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परिक्षण सरकारले नै गर्ने कुरा ठिक भएन । हामी आश्चर्यचकित भएका छौँ । लेखा समिति विपक्षलाई दिनै पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =