बाबुरामकाे राजनीतिक प्रतिवेदन- कांग्रेस ठिमाहा, कम्युनिष्ट पाखण्डी (पूर्णपाठ)

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस ठिमाहा भएकाे टिप्पणी गरेका छन् । मंगलबार काठमाडाैँमा शुरू भएकाे केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, ‘दस्तावेजमा नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद लेख्ने गर्दछ । तर, उसको नीति, कार्यक्रम र व्यवहारमा समाजवाद अहिलेसम्म कहीँ-कतै देखिएको छैन । यस पार्टीले भन्ने गरेको प्रजातन्त्र पनि पुरानो, ठिमाहा वा खच्चड,
संसदीय र औपचारिक लोकतन्त्र मात्र हाे ।’
सँगै उनले भनेका छन्— लोकतन्त्रको अझ बढी विकास गर्ने, लोकतन्त्रलाई सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक, संघात्मक, पूर्ण र शुद्ध (परफेक्ट एण्ड पियोर ) ढाँचा वा प्रारुपमा विकास गर्न यो पार्टीको कुनै रुची देखिँदैन ।
♦ याे पनि
केन्द्रीय समिति बैठकमा बाबुरामकाे दाबी- बहुमत हामीसँग छ, रूपान्तरणकाे प्रयास गर्छाैँ
उनकाे नजरमा कम्युनिष्ट घटकहरूले पाखण्डी चरित्र प्रदर्शन गरिरहेका छन् । उनी भन्छन्— ‘यी समूहहरूबीचकाे भिन्नता दार्शनिक तथा विचारधारात्मक हैन । केवल राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डाको भिन्नता मात्रै हो । भन्ने एउटा गर्ने अर्को जस्तो पाखण्डी चरित्र प्रदर्शनमा यिनीहरू उस्तै छन् । अर्थात् जडसुत्रीय
अवसरवाद यी सबै समूहकाे साझा चरित्र हो ।’








