सोलुखुम्बु : पत्नीकाे धारिलाे हतियार प्रहारबाट पतिकाे मृत्यु
२०७९ असार २८ गते

साेलुखुम्बु । साेलुखुम्बुमा धारिलाे हतियार प्रहारबाट एक पुरुषकाे मृत्यु भएकाे छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ का ५९ वर्षीय सुब्बा कामीको धारिलो हतियार प्रहारबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, साेलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिलजङ्ग शाहले मकालुखबरलाई जानकारी दिए ।
आइतबार बिहान घरायसी कामकाजबारे विवाद हुँदा ५५ वर्षीया पत्नी बुधमाया कामीले पति सुब्बामाथि धारिलाे हतियार प्रहार गरेकी थिइन् । पत्नीकाे प्रहारबाट टाउकाे र खुट्टामा गहिराे चाेट लागेका उनकाे तत्कालै मृत्यु भएकाे हाे ।
बुधमायालाई प्रहरीले पक्राउ गरेकाे छ । उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । सुब्बाकाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, फाप्लुको शवगृहमा राखिएकाे छ ।
२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








