क्यारिकेचर प्रदर्शनीमा सत्यमोहनदेखि बालेनसम्म (तस्बिरहरू)

काठमाडौँ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी भइरहेको छ । सोमबारदेखि शुरू भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

प्रदर्शनमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ । जहाँ ४२ जना कलाकारले तयार पारेका ५० भन्दा बढी क्यारिकेचर समावेश गरिएका छन् ।

सत्यमोहन जोशीदेखि भुवन केसी सम्म, बालेन्द्र शाहदेखि हर्क साम्पाङसम्म, ऋषि धमलादेखि विपिन कार्कीसम्मका क्यारिकेचर प्रदर्शनीमा छन् । यो प्रदर्शनी वि.सं २०७४ सालदेखि नै नियमित रूपमा हुँदै आइरहेको छ ।

प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *