नर्वेको पोष्टमा इङल्यान्डको ८ गोल

काठमाडौँ । महिलो युरोमा इंग्ल्यान्डले नकीर्तिमानी जित निकालेकाे छ । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडयिम फालमेरमा भएकाे  खेलमा  घरेलु टोली इंग्ल्यान्ड ८-० ले विजयी भएकाे हाे ।

ययाे कीर्तिमानी जितसँगै इंग्ल्यान्ड एक खेल बाँकी छँदे महिलो युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु टोलीको कीर्तिमानी जितमा बेथ मिडले ह्याट्रिक तथा एलेन ह्वाइटले दुई गोल गरिन् । जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरिन् ।

लगातार दोस्रो जितसँगै इंग्ल्यान्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोडेर एक खेल बाँकी छँदै नकआउट चरणमा पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा अष्ट्रियालाई १-० ले पराजित गरेको थियो । नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा अष्ट्रियाले नर्दन आयरल्यान्डलाई २-० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो जित निकालेको अष्ट्रिया दुई खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *