संवैधानिक परिषद्सम्बन्धीकाे प्रश्नमा ओलीकाे जवाफ- मुद्दा फिर्ता लिएर जनतासँग माफी माग्नुपर्छ

काठमाडाैँ । नेकपा [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनुअघि सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । साेमबार पत्रकारहरूसँगकाे सवाल-जवाफका क्रममा ओलीले यस्ताे बताएका हुन् । उनले थपे— ‘त्यसअघि जनतासँग माफी माग्नुपर्छ ।’
तत्कालीन ओली नेतृत्वकाे सरकारले ल्याएकाे अध्यादेश र त्यसविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ । वर्तमान सरकारले पुन: साेही प्रकृतिकाे अध्यादेश राष्ट्रियसभामा दर्ता भएकाे छ, जसकाे अहिले नेताहरूले सशक्तरूपमा प्रतिवाद गरेका छन् । यहीसम्बन्धी गरिएकाे प्रश्नमा ओलीले भनेका छन्, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदलतमा मुद्दा हलेको छ । यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । यो भन्दा निर्लज्ज, दुईमुखे दुईजिब्रे केही पनि हुँदैन ।’
♦ याे पनि:
ओलीकाे टिप्पणी- गठबन्धन देशका लागि ‘मृत’ भइसक्याे, याे रहिरह्याे भने हैजा फैलाउँछ
उनले यो लज्जानपस्पद कुरा भएकाे बताउँदै सर्वाेच्चमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताए । ‘हिजाे गरेकाे कुरामा जानेनाैँ भनेर माफी माग्नुपर्छ,’ उनले भनेका छन् ।








