इटालीमाथि फ्रान्सको सानदार जित, ग्रेसले गरिन् ह्याट्रिक

काठमाडौँ । फ्रान्सले महिला युरो च्याम्पियनसिप २०२२ मा सानदार जित दर्ता गरेको छ । उसले इटालीमाथि ५-१ को सानदार जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

इंग्ल्यान्डमा भएको खेलमा फ्रान्सको फराकिलो जितमा ग्रेस जियोरोले ह्याट्रिक पुरा गरिन् । मारी एन्टोनेट काटोटो र डेल्फिन कास्कारिनोले समान एक गोल गरिन् । इटालीकी मार्टिना पिमोन्टेले एक गोल फर्काइन् ।

यो सानदार जितसँगै समूह ‘डी’ मा फ्रान्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इटाली पुछारमा रहँदा बेल्जियम र आइसल्यान्ड समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *