कांग्रेस मुख्यालय अगिल्तिर शेखर समूहकाे प्रदर्शन

काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइराला समूहका नेता-कार्यकर्ताहरुले पार्टी कांग्रेस मुख्यालय प्रदर्शन गर्ने भएका छन् । उनीहरूले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै प्रदर्शन गर्ने भएका हुन् ।
कांग्रेस केन्द्रीय समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला समूहका नेता-कार्यकर्ताहरुले प्रदर्शन गर्न लागेका हुन् ।
अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर कोइराला निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन् । रानामगरले भनिन्, ‘सबै भ्रातृ संस्था भताभुंग छन् । पार्टीलाई दबाव दिन प्रदर्शन गर्न लागेका हौं ।’









