नयाँ पुस्ताबाट भानुका रचना वाचन हुने

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा यही असार २९ गते नयाँ पुुस्ताबाट आदिकवि भानुभक्तको रचना वाचनलगायत कार्यक्रम तय गरेको छ ।

आदिकविबारे विद्यालय तहका विद्यार्थी समेतलाई बोध गराउन र उनीहरूकै स्वरबाट भानुको रामायणको श्लोक वाचन कार्यक्रम राखिएको प्राज्ञ सदस्य डा देवी नेपालले जानकारी दिए । सोही अवसरमा ‘आदिकवि भानुभक्तको जीवनी’ विषयक प्रवचन पनि हुनेछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *