कांग्रेस प्रवक्ताकाे जिकिर- पार्टी विधिमै चलेकाे छ, सभापतिले विधान मिच्नुभएकाे छैन (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी विधानअनुसार नै चलिरहेकाे बताएका छन् । संस्थापनइतर पक्षले पार्टी विधान र विधिविपरीत चलिरहेकाे बताएपछि प्रवक्ता महतले यस्ताे बताएका हुन् । ‘सभापतिजीले विधानलाई टेर्नुभएन, विधानचाहिँ मान्नुभएन/चल्नुभएन भन्ने कुरामा त कुनै सत्यता छैन,’ प्रवक्ता महतकाे जिकिर छ ।

♦ याे पनि
   शेखर समूहले भन्याे– पार्टी विधानअनुसार चलेन !

नेपाली कांग्रेसकाे विधानले नै बहुमतकाे निर्णयलाई मान्नुपर्ने व्यवस्था गरेकाे स्मरण गराउँदै उनले भने, ‘नेपाली कांग्रेस पार्टी विधि र पद्धतिअनुसार नै चलेकाे छ । विधानकाे व्यवस्था बहुमतले निर्णय गर्ने विधान पद्धतिले नै दिएकाे व्यवस्था हाे । त्याे हुँदाहुँदै पनि पार्टी सभापतिजीले हरेक निर्णयहरूमा सबैकाे सहमति जुटाएर निर्णय गर्दै आउनुभएकाे छ । त्याे विधिले दिएकाे अधिकाभन्दा पनि अझ माथि उठेर सबैलाई चित्त बुझाउने काेसिस स्थानीय तहकाे उम्मेदवारी दिँदापनि उहाँले त्याे गर्नुभएकाे छ । कतिपय निर्णयहरू लिँदा पनि सल्लाह, सुझाव तथा सहमतिकै आधारमा चल्नुभएकाे छ ।’

उनले आमनिर्वाचन नजिकिँदै आएकाे र एक भएर अगाडि जानेबेलामा मनमुटाव नगर्नसमेत सुझाव दिएका छन् । केही गुनासाेहरू भएकाे खण्डमा केन्द्रीय समिति बैठकमा लिएर आउन आग्रह दिँदै उनले भनेका छन्, ‘गुनासाहरू राख्ने कुरामा कुनै सीमाहरू बाँधिएकाे छैन । त्यसकारण त्यस्ताे ठूलै असन्तुष्टि जनाउनुपर्ने, बाहिरै त्यसलाई सार्वजनिक गर्नुपर्ने अवस्था म देख्दिनँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *