त्रिविविरुद्ध गण्डकी प्रदेशसभा अघि विरोध प्रदर्शन

पोखरा । गण्डकी प्रदेशसभाको अगाडी त्रिभुवन विश्वविद्यालयको विरोध भएको छ । बिबिए छैटौँ सेमेस्टरको सङ्गठनात्मक व्यवहार विषयको परीक्षामा त्रुटि भएपछि परीक्षा रद्द गरिएको भन्दै त्यसको विरोधमा विद्यार्थीले दबाबमूलक प्रदर्शन गरेका हुन् ।

यस्तै, असार २५ गते सञ्चालन भएको नेपाली समाज र राजनीति विषयको परीक्षामा समेत सोही गल्ती दोहोरिएको थियो ।

विद्यार्थीले आन्तरिक परीक्षाकै हुबहु प्रश्न पत्र आउनु त्रिविको गम्भीर लापरबाही भएको र त्यसको दुख विद्यार्थीले पाएको गुनासो गरेका छन् । दुख गरेर परीक्षामा सहभागी विद्यार्थीहरूको मेहनत खेर गएको भन्दै त्रिवि र शिक्षा मन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।

प्रदेशसभा बैठक चलिरहेका बेला ध्यानाकर्षणका लागि नाराबाजी गरेका हुन् । सभामुख नेत्रनाथ अधिकारीलाई विद्यार्थीहरूले त्रिविको ध्यानाकर्षणका लागि पत्र बुझाएका छन् ।

अधिकारीले विद्यार्थीको माग जायज रहेको र त्रिविले गम्भीर लापरबाही गरेको भन्दै समाधानको बाटो खोज्न आग्रह गरे ।

विद्यार्थीहरूले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको गाडी नै रोकेर आफूहरूलाई मानसिक तनाव भएकोले निकास खोजिदिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *