बाबुराम र उपेन्द्रले बाेलाए छुट्टाछुट्टै बैठक

काठमाडाैँ । जनता समाजवादी पार्टी [जसपा] का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठककाे आह्वान गरेका छन् । भट्टराई पक्षले काठमाडाैँमा असार २८ गते बस्नेगरी बैठक बाेलाएकाे छ भने यादव पक्षले २९ गते वीरगञ्जमा बैठककाे आह्वान गरेकाे छ ।

भट्टराई-यादवबीच यसअघि नै सहमतिमै छुटिनेबारे कुराकानी भइसकेकाे छ । दुई पक्षबीच आराेप-प्रत्याराेप भएपनि छुटिँदाखेरी भने सहमतिमै छुटिने दाेस्राे तहका नेताहरूले बताएका छन् ।

वैकल्पिक राजनीतिमार्फत् नयाँ शिराबाट अघि बढ्न खाेजेकाे भएपनि त्यसले सङ्गठनात्मक स्वरूप ग्रहण नगरेकाे भन्दै भट्टराईले छुट्टिने निष्कर्ष निकालेकाे उनीनिकट नेताहरूले बताएका छन् ।

त्यसमा यादवले पनि ‘राेक्दिनँ’ भनेर भनिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *