संवैधानिक परिषद्का २ सदस्यले मात्रै संवैधानिक नियुक्ति दिनसक्ने गरी ऐन ल्यायो देउवा सरकारले

काठमाडाैँ । सरकारले संवैधानिक परिषद्का २ समस्यले मात्रधै संवैधानिक निकायमा नियुक्तिकाे निर्णय गर्नसक्ने गरी राष्ट्रिय सभामा संवैधानिक परिषद् ऐनको संशोधन विधेयक दर्ता गरेकाे छ ।

हाल कायम रहेको संवैधानिक परिषद् ऐनअनुसार बैठकका लागि गणपूरक संख्या अध्यक्षसहित कम्तीमा चार जना हुनुपर्ने व्यवस्था छ ।  ऐनअनुसार अहिले बैठकमा निर्णय गर्दा पहिला सहमतिको प्रयास गर्नुपर्ने व्यवस्था रहेकाे तथा सहमति नजुटे अर्को बैठकमा सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गर्नुपर्ने प्रावधान रहेकाे छ ।

प्रधानमन्त्री अध्यक्ष रहेन परिषद्मा ६ सदस्य रहने व्यवस्था छ । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद सदस्य हुन्छन् ।

सरकारले ल्याएको विधेयकअनुसार अब पचास प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न मिल्छ । अर्थात् ३ जना मात्र उपस्थित भए संवैधानिक परिषद् बस्न सक्ने व्यवस्था विधेयकमा छ । सरकारले राष्ट्रिय सभामा पेश गरेको विधेयकले बहुमतको साटो पचास प्रतिशत सदस्य उपस्थित भए बैठक गर्न गणपूरक संख्या पुग्ने बनाएको छ ।

हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त छ । सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश छन् ।

यो विधेयक पास भए प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र एमालेबाट राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका गणेश तिमिल्सिना अनुपस्थित भए पनि परिषद बैठक बस्नेछ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भए बैठक बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =