‘साताका सात’ तस्बिर

थरिथरिका नम्बर प्लेट
थापाथली-त्रिपुरेश्वर सडक खण्डमा गुडिरहेको गाडी, जसमा नम्बर आधा नेपाली र आधा अङ्ग्रेजीमा लेखिएको थियो ।

ऐतिहासिक विमान
विक्रम सम्वत २०३० जेष्ठ २८ गते नेपाली कांग्रेसले अपहरण गरेको शानेवानी को ट्विनअर्टर विमान । हाल यो विमान सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा अवलोकनको लागी राखिएको छ ।

चरनमा बाख्रा
मकवानपुरको पर्यटकीयस्थल चित्लाङको नासपती बगानमा चर्दै बाख्राहरू ।

मतदाता बन्ने लाइन
आसन्न संघीय निर्वाचनको लागी मतदाता नामावलीमा नाम लेखाउन अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा लामबद्ध सेवाग्राही ।

प्यास
आन्दोलनको दौरान सुरक्षा प्रदान गर्न बसेका सुरक्षाकर्मी पानी पिउँदै ।

कुकर कफी
चित्लाङको एक रिपोर्टमा प्रेसर कुकरको प्रयोगगरी अर्ग्यानिक कफी पकाउँदै ।

हुस्सुसँग लुकामारी
चन्द्रागिरि भन्ज्याङबाट देखिएको हुस्सुसँग लुकामारी गरिरहेको काठमाडौँ उपत्यका ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *