निवर्तमान अर्थमन्त्री जनार्दनमाथि मंगलबारदेखि छानबिन हुने
२०७९ असार २४ गते

फाइल फाेटाे
काठमाडाैँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि आउँदाे मंगलबारदेखि छानबिन हुने भएकाे छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकाेटाले सहजीकरण बैठक बाेलाएका थिए । बैठकमा मंगलबारबाट समितिले छानबिनकाे काम शुरू गर्ने समझदारी बनेकाे समितिकी सदस्य सरलाकुमारी यादवले बताइन् ।
संसद् सचिवालयकाअनुसार पहिलाे बैठकले समितिकाे संयाेजक ताेक्ने र कार्यविधि बनाउने काम गर्नेछ । त्यसपछि साेही कार्यविधिअनुसार काम अगाडि बढाउने छ ।
गत असार १४ गते राति अनधिकृत मान्छेहरूलाई मन्त्रालय छिराएर करकाे दर हेरफेर गर्न लगाएकाे भन्दै अर्थमन्त्री शर्मामाथि प्रश्न उठेकाे थियाे । त्यसपछि लगातार आलाेचना खेप्नुपरेकाे अर्थमन्त्री शर्माले असार २२ गते राजीनामा दिएका छन् ।
२०७९ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








