बुढीगंगामा पुनः मतदान, सर्वदलीय सहमतिपछि गणना

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना शुरु हुँदैछ । केही बेरअघि सम्पन्न सर्वदलीय बैठकले ११ बजेबाट मतगणना गर्न सहमति गरेकाे थियाे । तर  अहिलेसम्म गणना शुरू भइसकेकाे छैन ।

वैशाख ३० गतेको निर्वाचन विवादित भएपछि त्यहाँ हिजो पुनः मतदान भएको थियो । बिहीबार भएको निर्वाचनमा साँझ निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका बुझेर आज बिहान सर्वदलीय बैठक बोलाएको थियो तर, कांग्रेस प्रतिनिधि ढिलो आएपछि बैठक साढे ९ बजे मात्र शुरु भएको थियो ।

बैठकमा सबै दलका प्रतिनिधि ११ बजेबाट मतगणना गर्न सहमत भएका थिए । मत गणना दुई/दुई वडाको गर्ने गरी सहमति भएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

कांग्रेसबाट बुढीगंगाको मेयरमा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ तथा उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *