फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

यसअघि बैठकमा सांसदहरूले विधेयकमाथि राखेका प्रश्नको जवाफ दिँदै कानुन मन्त्री कोइरालाले संवेदनशील विषयमा हल्का रूपमा टिप्पणी गर्दा अन्य क्षेत्रमा पनि त्यसले असर पार्ने बताए । जतिबेला पनि अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पार्न सक्ने गरी राजनीतिकरण गरेर विषयवस्तु उठाउँदा पनि समस्या हुन सक्ने उनको भनाई छ । उनले विधेयमाथिको छलफलमा भाग लिँदा जुन विषय हो त्यसमा केन्द्रित रहेर सांसदहरूले भनाई राख्दा उचित हुने बताए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ भने यस्तै, बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक शुक्रवार बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *