थप ७८ जनामा कोरोना संक्रमण, ५ सय ८ आइसोलेसनमा
२०७९ असार २३ गते

काठमाडौँ । नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ३ सय ८४ पिसिआर परीक्षणका क्रममा ६० जना र २ हजार १ सय ३१ एन्टीजेन परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ९८ जना निको भएका छन् ।
हाल नेपालमा ५ सय ८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








