चन्द्रागिरि केबुलकारमा प्राविधिक समस्या, सयौं मानिस अलपत्र
२०७९ असार २२ गते

काठमाडौं । चन्द्रागिरि केबुलकारमा प्राविधिक समस्या आएपछि सयौं मानिस अलपत्र परेका छन् । बुधबार केबुलकार बिग्रेपछि चन्द्रागिरि डाँडामा झण्डै दुई सय मानिस अलपत्र परेका प्रहरीले जनाएको छ ।
चन्द्रागिरि डाडाँमा दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक बाक्लो संख्यामा घुम्न जाने गर्छन् । हाल अलपत्र परेकाहरूको जीप, ट्रक, बसमार्फत उद्धार गर्न शुरू गरिएको पनि प्रहरीले जनाएको छ ।
आजै दिउँसो परिवारसहित चन्द्रागिरि पुगेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना पनि केबलकार बिग्रिएपछि झण्डै एक घण्टासम्म रोकिएका थिए ।
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








