तीन घेराको सुरक्षाबीच भोलि बुढीगंगामा मतदान

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा भोलि स्थानीय तहको पुनः मतदान हुँदैछ । वैशाख ३० को निर्वाचन निष्पक्ष नभएपछि भोलि पुनः मतदान हुने भएको हो ।

पुनः मतदानका लागि पालिकाभर १ हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । पालिका १० वटै मतदान स्थलमा सेनासहित चारवटै सुरक्षा निकायका गरी करिब एक सयको हाराहारीको दरले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

संयुक्त सुरक्षा टोलीले मतदानस्थलवरिपरिका गाउँमा सुरक्षा गस्तीसमेत शुरु गरेका छन् । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । ‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि बढाएका छौं’ प्रजिअ अधिकारीले भने, ‘सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौं ।’

निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले भोलि बिहान ७ बजेदेखि मतदान हुनेछ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *