इन्डियन आइडल पवनदीपले गाए नेपाली गीत

काठमाडाैँ । इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पनि स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीतमा नेपाली गीत गाएका हुन् ।

गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । ​नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ ।

अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *