ऋत प्रि-क्वाटरफाइनलमा

काठमाडौं । आयोजक ऋत एकेडेमी ऋत एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । बसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ ले पराजित गर्‍यो ।

ब्वाइजमै एन्जल्स हार्ट ‘ए’ ले सिनर्जीलाई ७–२, इन्साइट भिजन ‘ए’ ले बलर्स एकेडेमीलाई ७–५ र बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७–३ ले हराउँदै प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइजकै अन्य खेलमा सफलता हात पार्दै एनसीसीएस, नखिपोट, स्किब्स, एन्जल्स हार्ट ‘बी’, न्यू मिलिनियम, त्रिकोण, हिमरश्मी, न्यू जेनिथ ‘ए’ र ‘बी’, विस्ट, ग्रिओन टिम र इन्साइट भिजन ‘बी’ ले पनि प्रि-क्वाटरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादवले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा ८० र गर्ल्समा १६ गरी ९६ टिमको सहभागिता रहेको ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जानकारी दिए।  गर्ल्सको प्रतिस्पर्धा बुधबारदेखि हुनेछ ।

ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाउने छन् । ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समेत सोही अनुसारको छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *