जन्मदिनमा जीवन बीमा उपहार !

काठमाडाैँ । लोकदोहोरी गायिका अनुजा कट्टेलले आफ्नो जन्मदिनको अवसरमा जीवन बीमा योजना उपहार लिएकी छन् । सोलुखुम्बुकाे नेचासल्यान गाँउपालिका वडा नं. ४ पोखरेमा जन्मिएकी कट्टेलले फजुल खर्च गरेर जन्मदिन मनाउने चलन बढिरहेकाे बेला आफूले भने जीवन बीमा गरेर मनाएकाे बताइन् । ‘हिजाेआज फजुल खर्च गरेर जन्मदिन मनाउने संस्कार बढ्दै जाँदैछ,’ उनले भनिन्, ‘यस्ताे अवस्थामा समाजलाई समेत केही शिक्षा प्रदान होस् भनेर मैलेचाहिँ बीमा लिएर जन्मदिन मनाएकी हुँ ।’

आफ्नो २०औँ जन्मदिनको अवसरमा सिटिजन लाईफ ईन्श्योरेन्सबाट सिटिजन शुभारम्भ जीवन बीमा पोलेसी उपहार लिएकी उनले अरुलाई समेत यही बीमा याेजना ग्रहण गर्न अनुराेधसमेत गरिन् । कट्टेलले इन्द्रेणी, लाेकसंसारलगायत दाेहाेरी फाेरमहरूमा गीत गाइसकेकी छन् भने गीतहरूमा पनि स्वर दिएकी छन् । उनी रेडियाेकर्मीसमेत हुन् ।

हाल नेपालमा धेरै जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । ती कम्पनीहरूमध्ये सिटिजन लाईफ ईन्श्योरेन्स नयाँ भएपनि विभिन्न आकर्षक, जीवनाेपयाेगी र सरल जीवन बीमा पोलेसीहरू भएकै कारण धेरैको रोजाइमा पर्ने गरेकाे सिटिजन लाईफ ईन्श्योरेन्सका एजेन्सी मेनेजर सुरेश बाबु जमरकट्टेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =