यी हुन् माओवादी केन्द्रका ३७३ केन्द्रीय सदस्य (नामावली)

काठमाडाैँ । माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुङ्गो लगाएको छ । आइतबार शुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुङ्गो लगाएका हुन् ।

३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ ।

यसअघि माओ‌वादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि सङ्ख्या थपिएको थियो ।माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरूको नाम पनि टुङ्ग्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =